वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष र महिला सदस्य पदमा रामेछापबाट दुई जनाले उम्मेद्वारी दिएका छन् । नेपाल प्रेस युनियनको तर्फबाट शिव देवकोटाले नेतृत्व गरेको समूहमा रामेछापबाट रमेश ढुंगेल कोषाध्यक्ष र ज्ञानु श्रेष्ठ महिला सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

कोषाध्यक्षका उम्मेद्वार ढुंगेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै महिला सदस्यका उम्मेद्वार ज्ञानु श्रेष्ठ डब्लुडब्लुजे जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष हुनुहुन्छ ।

कोषाध्यक्ष र महिला सदस्यमा उम्मेद्वारी दिएका ढुंगेल र श्रेष्ठले श्रमजीवि पत्रकारको हकहितको लागि आफूहरुको उम्मेद्वारी भएकाले बागमती प्रदेशका दशै जिल्लाका सबै पत्रकारहरुलाई मतदान गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार