रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पूर्वाधारतर्फका जम्मा दुई वटा मात्रै योजनाको काम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जम्मा एक सय ९६ वटा पूर्वधारतर्फका आयोजना सञ्चालन गर्ने लक्ष्य राखेको नगरपालिकाले ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ बाट दायित्व सरेर […]

रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर […]

रामेछापमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु, १४ सय ७७ जनाले खोप लगाउँदै

सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । सोहि अभियान अन्तर्गत आजेदेखि रामेछाप जिल्लामा पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । जिल्ला अस्पताल रामेछापमा अस्पतालका डाक्टर रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले खोप लगाउँदै जिल्लामा खोप अभियानको सुरुवात गर्नुभयो । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन […]

वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

रामेछापको सुनापति गाउँपालिका वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुवेर्दिक उपचार प्रणालीसँग जोडिएको त्यस आरोग्य केन्द्रमा वेथानका स्थानीय वासीहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग सेवा समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा विस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि सेवा प्रवाह गरेको […]

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने खोपको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको […]

रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार दखि जारी नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष व्याडमिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको थियो । प्रतियोगितामा सिनियर एकल तर्फ बलराम लामा प्रथम,भेष बहादुर श्रेष्ठ द्धितिय,सुदिप श्रेष्ठ तृतिय र सुन्दर घिमिरे सान्त्वना भएका छन । यसैगरी सिनियर […]

जबरजस्ती करणी गरेको आरोपमा रामेछाप चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुका वडाअध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् । वडाअध्यक्ष बोहोराको विरुद्ध महानगरीय प्रहरी वृत्त ठिमीमा एक महिलाले जबरजस्ती करणी गरेको आरोप सहितको उजरी दर्ता गराएपछि उहाँलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । ठिमी वृत्तमा परेको उजुरीको […]

रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता यहि माघ १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले मात्र […]

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा मन्थली नगरपालिकाले भत्कायो

रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउन थालेको छ । रामेछापको जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गरेको हो । नगर प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको टोलीले आज डोजर लगाएर सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको छ । मन्थली बजारको देवकोटा चोक […]

संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको हो : माधव ढुंगेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा नेता माधव ढुंगेलले कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत रहनु भएका ढुंगेलले केही समयको लोकप्रियताका लागि प्रतिस्पर्धा नभई संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो […]