रामेछापमा २९ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाईदै

रामेछापमा २९ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाईदै

रामेछापमा साउन २९ देखि भदौ ३ गतेसम्म कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा दिईने भएकोे छ । जिल्लाको ८ वटै स्थानीय तहमा साउन २९ देखि भदौ ३ गतेसम्म कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत फागुन महिनामा कोभिड १९ विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाई लामो समय देखि दोस्रो खोपको पर्खाइमा रहेका ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको दोस्रो खोप एष्ट्राजेनेका दिन लागिएको हो ।

जिल्लाको मन्थली नगरपालिकामा श्रावण २९ र ३१ गते,रामेछाप नगरपालिका र दोरम्बा गाउँपालिकामा ३१ र ३२ गते,खाँडादेवी गाउँपालिका २९ र ३० गते खोप लगाईने छ ।

त्यसैगरी सुनापती गाँपालिकामा ३० र ३१ गते,उमाकुण्ड गाउँपालिकामा भाद्र १ र २ गते,गोकुलगंगा गाउँपालिकामा भाद्र २ र ३ गते र लिखु तामाकोशी गाउँपालिकामा श्रावण ३२ र भाद्र १ गते खोप लगाउने तालिका रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरु खोप कार्ड सहित तोकिएको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय रामेछापले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार