रामेछापमा चोरी गर्दै हिँड्ने ओखलढंगाका तिन जना पक्राउ

रामेछापमा चोरी गर्दै हिँड्ने ओखलढंगाका तिन जना पक्राउ

रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरी गर्दै हिँड्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २२ गते शुक्रबार दिउँसो रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरे स्थित टेकराज नेवारको पसल फोडेर १ लाख पचास हजार नगद चोरी गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका १ का वर्ष १६ का एक बालक, सोहि ठाउँका वर्ष १९ का हिरदेन सुनुवार र वर्ष २४ का समुयल सिंह सुनुवार रहेका छन ।

उनिहरुलाई उमाकुण्ड गाउँपालिका ६ ढुङ्गेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नगद एक लाख एक हजार रकम,लुकाईछिपाई राखेको एक थान ल्यापटप र तीन थान स्क्रिन टच मोबाईल समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार