उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट युवराज श्रेष्ठ सम्मानित

उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट युवराज श्रेष्ठ सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसका अवसरमा (फोनिज) रामेछापले उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट युवराज श्रेष्ठ सम्मान गरेको छ ।

(फोनिज) रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०७८ यो वर्ष पत्रकार श्रेष्ठलाई प्रदान गरेको हो ।

फोनिजको २२ औँ स्थापना दिवसमा आज रामेछापको खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी फोनिज बागमती प्रदेशका उपाध्यक्ष समेत रहनुभएका पत्रकार श्रेष्ठलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर प्रमाण पत्रले सम्मान गरेको हो ।

पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, पत्रका महासंघ रामेछापका अध्यक्ष बद्रीनयाँघरे लगाएतले दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँ विगत १५ वर्षदेखी निरन्तर पत्रकारितामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार