ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रामेछापका खत्री पक्राउ

ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रामेछापका खत्री पक्राउ

ज्यान सम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो ।

उनीमाथि गत पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा (अधिकारी)को आगोले जलेर मृत्यु भएको घटनामा संलग्न भएको अभियोग छ ।

भगवतीलाई शरीरमा आगोले जलेको अवस्थामा देखेपछि सोही घरमा बस्ने व्यक्तिहरुले ढोका फोडेर उनको उद्धार गरेका थिए ।

तर त्यसबेलादेखि नै फरार रहेका खत्रीलाई घटनामा संलग्न भएको आशंकामा भगवतीका बुवा इन्द्रबहादुर अधिकारीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

भगवतीको पुस ७ गते बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार