असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको गोकुलगङ्गा गाउँपालिका लगाएतका क्षत्रमा गरी लगभग १५ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । […]

आज १८ औँ राष्ट्रिय धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज १८ औँ राष्ट्रियधान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेको छ । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । […]

रामेछापमा निषेधाज्ञा खुकुलो,अब निजी तथा सर्वाजनिक सवारी साधन चल्ने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा निजी तथा सर्वाजनिक सवारी साधन जोर विजोर प्रणालीमा चल्ने दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी […]

रामेछाप दुरागाउँमा ६३ बर्षिय वृद्ध महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ सानापानी बस्ने ६३ बर्षिय बृद्धा महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने सोही गाउँका ३१ वर्षिय राजु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा एक्लै बस्दै आएकी बृद्धा महिलालाई रातको समयमा पारी घरभित्र पसेर लडाई जर्बजस्ती करणी गर्न खोजेपछि बृद्धा महिलाले चिच्चाएर गुहार मागेपछि ती युवक घटनास्थलवाट भागेका थिए । […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १९३ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, उमाकुण्ड गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ८५ जना पुगेको छ । यस्तै, जिल्लामा आज १८ जनाले […]

रामेछाप मन्थलीमा जुवाखालबाट ५ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा […]

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ । केहि दिनमै […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ […]

मन्थली नगरपालिकाले सार्वजनीक गर्यो १ अर्ब ७ करोड ८५ लाखको बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२ प्रतिशत बजेट सार्वजनीक गरेको हो । नगरपालिकाका उपप्रमुख […]