युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रामेछापका सुनुवार पक्राउ

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रामेछापका सुनुवार पक्राउ

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । रामेछाप गोकुलगंगा–३ घर भएका काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले लिथुआनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ मागेका प्रहरीले जनाएको छ ।

सबैबाट पैसा उठाइ सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार