कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो आज विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभयो ।

मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो ।

कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा सुमन कर्मचार्य,पेशल आचार्य,धन योन्जन,लाल बं तामाङ लगायत पत्रकार तथा साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।

को हुन कवि नवीन गाउँले ?

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ घर भएका कवि गाउँलेकोे दोश्रो कविता संग्रह मैनबत्तीको आगो हो । विभिन्न विषयवस्तुहरुमा रहेर कविता मार्फत कलम चलाइरहनुभएका कवि गाउँलेको यस अघि फूलसँग हराउँदा भन्ने कविता संग्रह बजारमा आईसकेको छ ।

कविता लेखनकै माध्यमबाट चिनिनुभएका अनुहारमध्ये कवि गाउँले पनि एक हुनुहुन्छ । कवि गाउँले हल्लाको पछि नलागीकन निरन्तर कविता लेख्ने र कविता वृद्धि विकासमा चिन्तन गरिरहने सशक्त युवा कविको रुपमा कवि गाउँलेलाई लिइन्छ । कवि गाउँलेका प्रत्येक कविताहरु ढुंगाका कापबाट निस्किएको ज्वाला जस्ता र आरनको भुंग्रोमा फलाम पगालेर बनाइएका हतियार जस्ता धारिला छन ।

उहाँको दुईसय भन्दा बढी फुटकर कविताहरु विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा प्रकाशित भईसकेको छ । कवि मगर ईरामेछाप डटकमका सहसम्पादक समेत हुनुहुन्छ । ईरामेछाप डटकममा उहाँको धेरै कविताहरु प्रकाशित भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार