सिन्धुलीमा निरन्तर बर्षाको असर : पहिरोले तीन घर पु¥यो, दर्जनौ जोखिममा, अधिकांस सडक अवरुद्ध

सिन्धुलीमा निरन्तर बर्षाको असर : पहिरोले तीन घर पु¥यो, दर्जनौ जोखिममा, अधिकांस सडक अवरुद्ध

सिन्धुलीमा अविरल बर्षाका कारण तीन वटा घर पुरिएको छ भने दर्जन बढी घरहरु उच्च जोखिममा परेका छन् । वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरिएको छ भने सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा रहेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताएका छन् ।

फिटिङका स्थानीय भिममाया वाइवाका अनुसार सुतिरहेको समयमा पहिरो खसेको जस्तो लागेर थाहा पाएपछि सबैजना भागेकोले ज्यान जोखिएको हो । घरमा भएका सबै सामान पहिरोमा परेकाले ओत लाग्ने त्रिपालसमेत नभएको उहाँले गुनासो गर्नुभयो । बर्षाका कारण कमलामाइकै वडा–७ एकपाखेमा पहिरोले दुई घर जोखिममा परेका छन् ।

सिन्धुलीमाडी–चकमके सडक समेत बगाउने गरी खसेको पहिरो घर नजिक पुगेको छ । वडा–४ को चिसापानी झोरामा समेत पहिरो खस्दा ४ घर जोखिममा परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । सदरमुकाम बसपार्क नजिक ग्वाङ खोलाको कटानबाट पहिरो गएको एक फ्रेस हाउस जोखिममा परेको छ ।

अविरल वर्षापछि कमला, मरिण र चँदाहा खोलामा आएको बाढीले सयौं विगा धान खेत कटान गरेको छ । बर्षा पछि आएको पहिरोका कारण जिल्लाका लामो तथा छोटो दुरीका अधिकांस सडक अवरुद्ध भएको छ । पहिरोका कारण विपी राजमार्ग, मदन भणडरी राजमार्ग र मध्य पहाडी राजमार्ग समेत अवरुद्ध भएका छन् । विहानै देखि पहिरो पन्छाएकाले विपी राजमार्ग भने विहान ११ बजेपछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

मदन भणडरी राजमार्ग र मध्य पहाडी राजमार्ग पनि पहिरो पन्छाएर खुलाउने प्रयास भईरहेको छ । तिनपाटनको चकमके सिन्धुली सडक पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएको तिनपाटन गाउपालिका अध्यक्ष कर्ण बहादुर मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार