काँग्रेस रामेछापको सबै वडाको अधिवेसन भदौ २३ गते,उम्मेद्वार नै धेरै

काँग्रेस रामेछापको सबै वडाको अधिवेसन भदौ २३ गते,उम्मेद्वार नै धेरै

नेपाली काँग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेसन आगामि भदौ २३ गते बुधवारका दिन गर्दै छ । नेपाली काँग्रेस जिल्ला सभापति लबश्री न्यौपानेले दिनुभएको जानकारी अनुसार वडाअधिबेसन भदौ २३ गते एकै दिनमा सक्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रको कार्यतालिका भदौ १८ गतेको लागि तोकिएको भएपनि निर्वाचन अधिकृतले भदौ २३ गते जिल्लाको सबै वडा तहमा वडा अधिवेशनको मिति तोकेका हुन् सभापति न्यौपानेले भन्नुभयो । जिल्लामा आठ वटा स्थानीय तहमा ११ हजार २ सय २५ जना क्रियाशिल सदस्य रहेका छन् ।

रामेछापमा वडामा अधिवेशन गराउन विष्णु लुईटेल निर्वाचन अधिकृत खटिनुभएको छ । जिल्लामा अहिले वडाको अधिवेसनको लागी कांग्रेस नेताहरु दौडधुपमा छन । एउटै वडामा ४ देखी ५ जना वडा सभापतिको उम्मेद्वा्र देखिएका छन । जिल्ला सभापतिमा पनि कान्छाराम तामाङ,लवश्री न्यौपाने,लेख बं कार्की लगायत धेरले उम्मेद्वारी घोषणा गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार