रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज खाँडादेवी गाउँपालिकामा १ जना र गोकुलगंगा गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ३ हजार ७४ जना पुगेको छ ।

यि मध्ये ५० जना होमआईसोलेशन,६ जना संस्थागत आईसोलेशन र २ जना आईसियुमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा २९ सय ९३ जना कोराना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा अहिले ५८ जना कोरोनाका संक्रिय संक्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार