रामेछाप मन्थलीमा १५ शैयाको अस्पताल बन्ने,नगरप्रमुखद्धारा शिलान्यास

रामेछाप मन्थलीमा १५ शैयाको अस्पताल बन्ने,नगरप्रमुखद्धारा शिलान्यास

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका १५ शैयाको अस्पताल भवन बन्ने भएको छ । मन्थली नगरपालिका क्षेत्रमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।

मन्थली नगरपालिका वडा नं १ आकाशेमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले शिलान्यास गर्नुभएको छ ।
२०५० सालमा स्थापना भएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत बन्न लागेको उक्त अस्पतालको लागत ९ करोड ३२ लाख ५० हजार हजार छ ।
२०७९ मंसिर ३० गते निर्माणका सम्पन्न गर्ने गरी गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार