बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई पक्राउ परेका छन । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काले बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेको प्रहरीले जानकारी दिएको छ । सोहि दिनदेखी खड्का फारार रहेका थिए ।

पीडित परिवारले प्रहरी समक्ष दिएको उजुरीको आधारमा खड्कालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई जिल्ला अदालत रामेछापबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार