अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर सहित रामेछापका चालक पक्राउ

अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर सहित रामेछापका चालक पक्राउ

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा वालुवा लोड गरि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्याङ्कीबाट बजार तर्फ आउदै गरेको लु ४ त ८१५२ नम्बरको ट्र्याक्टर र ट्र्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक रामेछाप नगरपालिका घर भएका २८ वर्षिय नविन नेवा खड्गीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीमा बुझाईएको प्रवक्ता लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार