रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई फेरी थप गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा के के गर्न पाईदैन ?

खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, जिल्लाका भित्रका सवै शैक्षिक संस्थाहरुको पठनपाठन, अतिआवश्यक बाहेकका प्रशिक्षण, तालिम तथा गोष्ठिहरु,मेला, हाटबजार, पर्व, खेलकुद, स्वीमीङ पुल, सपिङ महल, मनोरञ्जन स्थल, फुडसल, हेल्थक्लब, जिम खाना, पुस्तकालय, पार्टी प्यालेस लगायत सञ्चालनमा रोक लगाएको छ । जिल्लामा नित्य पूजा बाहेका अन्य सवै किसिमका देवाली, चण्डी,सामुहिक पूजाआजा लगायतका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरुमा रोक लगाएको छ ।

निषेधाज्ञामा के के गर्न पाइन्छ ?

सिट क्षमता भन्दा बढी नहुनेगरी जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प,होटल ,चिया खाजा ,रेष्टुरेन्ट ,निर्माण सामग्री विक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगायत पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गरी बिहान ५ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी बैंक, सहकारी तथा वित्तिय संस्थाहरु, दुध तथा डेरीजन्य उत्पादन तथा विक्रिवितरण गर्ने पसल नियमित रुपमा सञ्चालन गर्ने र सवारी मर्मत वर्कसप बिहान ५ः०० बजेबाट साँझ ६ः०० बजेसम्म सञ्चालन गर्न पाईने बैठकले निर्णय गरेको छ ।

विवाह ब्रतबन्ध जस्ता संस्कारका हकमा बढीमा १५ जनासम्मलाई बढीमा दुईवटा सानो सवारी प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार