रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापका बजारहरुमा जारी निषेधाज्ञा एक साता थप गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा जेठ ३ गते सोमबार मध्यराति १२ः०० सम्म थप गर्ने निणर्य गरेको हो । रामेछाप प्रशासनले यसअघि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ […]

रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा आज एकैदिन थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना पुगेको छ । मन्थली प्रथामिक स्वास्थ्य केन्द्रबाट पठाइएको २६ जनाको स्वाबमा २० जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पठाइएको ४० जनाको स्वाबमध्ये १० जना , रामेछाप नगरपालिकामा सात जना र खाँडादेवी गाउँपालिकाको एकजना गरी आज […]

रामेछापमा थप ९ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ७७ पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी रामेछापका ९ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाका ७७ जना सकृय संक्रमित आईसोलेसनमा रहेका छन । यि मध्ये २ जनालाई भने जिल्लामा उपचार सम्भव […]

पाँच जना पत्रकारसहित रामेछापमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा विहीबार पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ । वैशाख २१ गते मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना […]

रामेछाप बजारका थप ३ जनामा कोरोना संक्रमण,सकृय संक्रमित ५० पुग्यो

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछाप नगरपालिका वडा नं ८ का थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ वर्षका बालिका सहित २५ वर्षका एक महिला र ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै कन्ट्रयाक ट्रेसिङमा परेका थिए । जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा […]

रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ । रामेछाप नगरपालिका ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका ८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । थप उपचारका लागी काठमाडौँ पठाइएका दुवैजनाको अवस्था गम्भिर रहेको र उनिहरुको जिल्लामा उपचार सम्भव नभएपछि […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले मंगलबार राती १२ बजे देखी लागुहुने गरी नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी एक दम्तीको जलेर ज्यान गएको छ । उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा आज बिहान आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीशङ्कर श्रेष्ठले दिनुभएको जानकारी अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको छ । […]

रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा […]