दसैँमा रामेछापको पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

दसैँमा रामेछापको पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

दसैँको अवसरमा रामेछाप सहित नेपालका बिभिन्न पर्यटकीयस्थलमा भने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको छ । रामेछापको शैलुङ क्षेत्रमा यति बेला घुम्न जानेहरु बढेका छन । जिल्लाका अन्य विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुमा दशैँ मनाउन गाउँ आएको मौकामा घम्न जानेहरु बढेका हुन ।

यस्तै नवरात्रको अवधिमा करिव २२ हजार भक्तजनले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण गतवर्ष दर्शन गर्न नपाएका भक्तजनले यो वर्ष नवरात्रभित्रै यो सङ्ख्यामा पाथीभराको दर्शन गरेका हुन् ।

पाथीभरा दर्शनका लागि दसैँ र तिहारको अवधिलार्ई मुख्य मौसम मानिन्छ । तीन हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा धाममा काठमाडौँ, झापा र भेडेटार क्षेत्रबाट हेलिकप्टमार्फत पनि धेरै भक्तजन पाथीभरा दर्शनमा आएका समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार