अब मन्थली काठमाडौँको भाडा ५ सय १५ रुपैयाँ

अब मन्थली काठमाडौँको भाडा ५ सय १५ रुपैयाँ

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

बढेको नयाँ भाडादर अनुसार अब काठमाडौँ मन्थलीको भाडा ५१५ रुपैयाँ लाग्नेछ । काठमाडौँ (नयाँ बसपार्क)–धुलिखेल–खुर्कोट–मन्थलीको भाडा यसअघि ४१९ रुपैयाँ रहेकोमा अब ५१५ रुपैयाँ तोकिएको छ ।

यो खण्डको दूरी १४० किलोमिटर छ । त्यस्तै काठमाडौँ–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी–चरिकोट १९८ किलोमिटरको नयाँ भाडादर ७७५ रुपैयाँ पुर्याइएको छ ।

काठमाडौँ–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी–जिरी २२० किलोमिटर यात्रा गर्दा अब ८८३ रुपैयाँ भाडा लाग्नेछ । ३९ किलोमिटरको खुर्कोट–सिन्धुलीमाडीको नयाँ भाडादर १८० रुपैयाँ तोकिँदा ३५ किलोमिटर दूरीको नेपालथोक–खुर्कोटको भाडा १६१ रुपैयाँ पुगेको छ ।

अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार