जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट उद्धघाटन तर छैनन् जनशक्ती

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट उद्धघाटन तर छैनन् जनशक्ती

जिल्ला अस्पताल रामेछापमा आज पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री र बाग्मती प्रदेशकै वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले संय्ुक्त रुपमा पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गर्नुभएको हो । बाग्मती प्रदेश सरकारको लागतमा निर्माण भएको पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन भएपनि कहिलेदेखी सन्चालन हुने भन्नेमा अन्यौलता छ ।

प्रदेश सरकारले पिसिआर ल्याब र अक्सिजन प्लान्ट स्थापना गरेपनि जनशक्ति नपठाउँदा भने समस्या सृजना भएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा पिसिआर मेसिन आयो, अक्सिजन प्लान्ट बन्यो, तर चलाउने मान्छे खै ? । उहाँले जिल्ला अस्पतालमा जनशक्तीको अभाव रहेको भन्दै प्रदेशका मन्त्रीहरुलाई छिटो भन्दा छिटो जनशक्तिको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्रीले अबको केहि दिन भित्रमै जिल्ला अस्पतालमा प्रदेश सरकारले दक्ष जनशक्तीको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको र त्यसको प्रतिफल देखिने क्रम पनि सुरु भैसकेको बताउनुभयो ।

सोहि कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले आफु रातदिन नभनी जिल्लाको विकासमा लागी परेको बताउनुभयो । उहाँले आफु पदमा रहँदा वा नरहँदा पनि जिल्लाकै विकासमा लागिपरेको बताउँदै जिल्लामा विकास निर्माणले निकै फड्को मारेको बताउनुभयो ।

पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका उपसभापति लेख ब कार्की र नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले रामेछापको विकासमा सबै पार्टी एक भए्र लागेको बताउनुभयो । जिल्ला अस्पतालमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट बन्नु निकै खुशिको कुरा रहेको भन्दै उहाँहरुले अब जिल्लामा दक्ष जनशक्ती र राम्रो उपचारको व्यवस्थापन हुन सके मात्रै जिल्लामा स्वास्थ्य क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार