रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा हराउदै गयो

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा हराउदै गयो

दशैँ भन्ने वित्तिकै धेरैलालाई गाउँघरमा हालिने लिङ्गे पिङकोे याद आउँछ । एक समय दसैंतिहारमा ग्रामीण भेगमा लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ ।

कुनै समय निधारमा रातो टीका अनि कानमा पहेलो जमरा सिउरिएर पिङमा मच्चिनेको जमात ठुलै हुन्थ्यो । दसैँमा एकछिन भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेको छ ।

पहिले पिङ खेल्न गाउँका सबै जम्मा हुने, दुःख सुख बाढ्ने चलन रहेको थियो । तर पछिल्लो केहि दशक यता दशैँमा पिङ देख्नै मुस्किल हुने गरेको छ । मानिसहरु आफ्नै मोवाइलमा भूल्ने कारणले पिङ हाल्ने र खेल्नेहरु कम हुँदै गएका छन् ।

दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गे पिङ खेल्ने र रमाइलो गर्ने परम्परा हराएको प्रति बुढापाका र युवा पुस्ताका केही भने दुःख लागेको बताउँछन् । पौराणिक कथा अनुसार भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको बताइन्छ ।

धर्मशास्त्र अनुसार दशैँसँग पिङको विषेश महत्व जोडिएको छ तर युवा पिडिहरु विदेशीने क्रम बढेसँगै दशैमा पिङको चलन हराउदै जान थालेको धर्मशास्त्रविद् डा. रामचन्द्र गौतम बताउनुहुन्छ । पिङ र दशैँको धार्मिक कथन एकातिर छ भने अर्को तर्फ यसलाई नेपाली समाजको मौलिक संस्कृतीको रुपमा समेत चित्रण गरिन्छ । तर पछिल्लो समय पिङ् संग जोडिएको परम्परा हराउँदै जान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार