दशैं विदामा बन्द भएका रामेछापका सरकारी कार्यालय र बैंक खुले

दशैं विदामा बन्द भएका रामेछापका सरकारी कार्यालय र बैंक खुले

दशैंको विदा सकिएसँगै रामेछाप जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु आफनो काममा फर्कने क्रम जारी छ ।

यस्तै दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा निक्कै चहलपहल बढेको छ । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै छ ।

आजदेखि सबै बैंकहरुमा नियमित कारोबार भएको छ । रामेछापमा फुलपातिदेखि बैंकहरु बन्द थिए । आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार