रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता सुरु

रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता सुरु

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा प्रतियोगिता आयोजना गरीएको छ । उक्त प्रतियोगिताको उपराष्ट्रपति नन्द ब पुनले आज उद्धघाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले संघिय राजधानिबाट नजिकै भएपनि दोरम्बा शैलुङ गाउँपालिका विकासको दृष्टिकोणले निकै पछि परेको बताउनुभयो । उहाँले गाउँपालिकाको विकासका लागी आफुले सक्दो सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

५ दिनसम्म सन्चालन हुने प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा तेस्रो हुनेले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने गुराँसेदेवी युवा क्लबका अध्यक्ष मदन थापा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५÷५ हजार पाउने छन् । अबको केहि दिन दोरम्बा शैलुङ गाउँपालिका खेलमय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार