रामेछाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शैलेशिखर युवा क्लबलाई

रामेछाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शैलेशिखर युवा क्लबलाई

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि शैलेशिखर युवा क्लबले जितेको छ । आज भएको फाईनल खेलमा शैलेशिखर युवा क्लब सिम्ले ए ले सिम्ले बिलाई ५ को विरुद्ध एक गोलले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम हुँदै शैलेशिखर युवा क्लब सिम्ले ए ले नगद २५ हजार ,द्धितिय भएको टिम सिम्ले बिले नगद १५ हजार र प्रतियोगितामा तृतिय भएको टिम मुगानले नगद १० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाएको छ ।

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको आर्थिक सहयोगमा जागरुक युवा क्लबले रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा ११ वटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता यहि असोज २१ गतेदेखी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार