रामेछाप देउरालीमा बौलाहा कुकुरको टोकाइबाट ८ घाइते
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको बेसीटोलमा बिहीबार बौलाहा कुकुरको टोकाइबाट ८ जना घाइते भएका छन् । कुकुरले केही घरपालुवा पशुलाईसमेत टोकेको छ । वडा सदस्य सुशीलहरी बख्रेलका अनुसार कुकुरको टोकाइबाट १३ वर्षीय बालक पंकज बुढाथोकी, जमुना बुढाथोकी, रामबहादुर बस्नेत, दिपेन्द्र राज सिंजाली रत्नबहादुर सिंजाली बढी घाइते छन् । अरु तीनजनाको अवस्था सामान्य […]

