रामेछाप रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते

रामेछाप रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । सडक खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा रामपुरका वर्ष ५५ का खड्ग नेपाली घाईते भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । घाईतेलाई उद्धारगरी जिल्ला अस्ताल रामेछाप ल्याइएको र उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । अहिले घाईतेको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार