सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन । जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता […]

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । उमेरले […]

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार […]

रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा आज विहान ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ट्रक चालकको ज्यान गएको छ । चितवन नारायणघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २–०३–००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वर्ष २८ का सूर्यबहादुर भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी […]

राखेपको सदस्य सचिवमा रामेछापका टङ्कलाल घिसिङ नियुक्त

रामेछापका टङ्कलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त हुनुभएको छ । सरकारले राखेपको सदस्य सचिवमा घिसिङलाई नियुक्त गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम […]

रामेछाप पकरवासमा मिनिट्रक दुर्घटना २० जना घाइते

रामेछापको खाँँडाँदेवी गाउँपालिका वडा नं ५ पकरवासमा मिनिट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका छन । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप उपचारको लागी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो । नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागी पकरवासबाट माकादुम जाँदै गरेको ना ७ […]

न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलन गर्ने विद्यालय कर्मचारी र बाल विकास शिक्षकको चेतावनी

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । विद्यालय कर्मचारी संघर्ष समिती र बाल विकास शिक्षक संघर्ष समितीले आज आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष माग पत्र पेश गरेका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई […]

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो । माओवादी केन्द्र रामेछाप नगर कमिटीको उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, ईन्दिरा बख्रेल र राम विष्णु बस्नेत चयन हुनुभएको छ । सचिवमा निर कुमार श्रेष्ठ, सहसचिवमा भिम बहादुर तामाङ र कोषाध्यक्षमा सरोज कटुवाल […]