रामेछापमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड

रामेछापमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड

जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको भिड लागेको छ । नेपाल प्रहरीले आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि प्रहरी कार्यालय अगाडि युवाहरूको भिड लागेको हो । आईतबार रामेछापका ३५९ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जसमा ५५ जना महिला र ३ सय ४ जना पुरुष रहेको प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने रामेछाप प्रहरीले जनाएको छ ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ । छनोट भएकाहरूलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार