रामेछापको पालेवनलाई आधुनिक सहर बनाउने योजना

रामेछापको पालेवनलाई आधुनिक सहर बनाउने योजना

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनलाई आधुनिक सहर बनाउने योजना अघि सारिएको छ । मंगलबार(आज) वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको अध्यक्षतामा बसेको स्थानिय सहितको बैठकमा पालेवन क्षेत्रलाई जग्गा विकास(आधुनिक सहर) कार्यक्रम लागु गर्न स्थानियहरु ईच्छुक देखिएका हुन ।

उक्त बैठकमा जग्गा धनि तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको पालेवनलाई सहर बनाउने आफनो योजना रहेको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । पालेवनलाइ आधुनिक सहर बनाउन जग्गा विकास कार्यक्रम लागु गर्न सघन सहरी विकास कार्यालयमा अनुरोध गरिने उहाँले बताउनुभयो ।

जग्गा धनि तथा सरोकारवाला व्यक्तिहरुको बैठकले पालेवन एरियाको पूर्वमा बस्नेत टोल,पश्चिममा ट्याङकी गैरा,उतरमा महतारा टोल र दक्षिणमा नेपाली सेनाको साँध सिमाना भित्रको क्षेत्रमा व्यवस्थित सहरीकरण गर्नको लागी सघन सहरी विकास कार्यालय तथा मातहतका निकाय तथा मन्त्रालयहरुमा पठाउनेगरी प्रारम्भिक भेलाले सहमती जनाएको छ ।

त्यसैगरी उक्त भेलाले सघन सहरी विकास कार्यालयका विज्ञ ,स्थानिय सरकार र स्थानिय राजनितीक दलबिच वृहत छलफल गरी आधुनिक सहर कार्यक्रम लागु गर्न आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो । पालेवनलाई आधुनिक सहर बनाउने योजना लागु हुने भन्दै स्थानिय हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार