लिखुतामाकोसी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा बित्यो

लिखुतामाकोसी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा बित्यो

पाँच वर्षको कार्यकालका लागि ७ सय ५३ स्थानीय तहमा निर्वाचित भएकामध्ये कतिपयले आफ्नो कार्यकाल विवादै विवादमा सक्ने अवस्था बनेको छ । कति पालिकामा प्रमुख उपप्रमुखबीच विवाद छ भन्नेतथ्याङ्क नभएपनि विवादका कारण बोलचाल बन्द हुने, एकले गरेको काममा अर्कोले मुद्दा हाल्ने र हात हालाहालसम्मको स्थिति यसअवधिमा देखिएको होे ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षविचको विवादले अहिलेसम्म उहाँहरु बिच बोलचाल बन्द छ । एकले अर्काको मुखसम्म नहेर्ने अवस्था छ । जनप्रतिनिधीबिचको विवादले पालिका हुने सबै खाले कामहरु अस्तव्यस्त छ । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न निर्वाचित भएकाहरूले विवादमै कार्यकाल सकाएको लिखुतामाकोशी गाउँपालिकाका स्थानिय एवं सन्चारकर्मी श्रीराज महतले बताउनुभयो । पालिकामा यो ५ वर्षको अबद्यिमा विकासको कामले गति लिन नसकेको उहाँको भनाई ।

देशका विभिन्न स्थानिय तह पर्वतको फलेवास नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, धनुषाको हङ्सपुर नगरपालिका, कैलालीको लम्की चुहा नगरपालिका, काठमाडौँ महानगरपालिका लगायत पालकाका प्रमुख र उपप्रमुखबीच विवाद देखिएको थियो । एकजना सङ्घीयता विज्ञ कल्याण रोक्काले राजनीतिक अनुभव पर्याप्त नभएका जनप्रतिनिधि निर्वाचित हुनु, राजनीतिक दल एउटै नहुनु, महिलालाई प्रमुख, उपप्रमुखको जिम्मेवारीमा नस्वीकार्नु नै विवादका प्रमुख कारण रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार