रामेछाप नगरपालिकाका २५ जना कृषकलाई हाते ट्याक्टर वितरण

रामेछाप नगरपालिकाका २५ जना कृषकलाई हाते ट्याक्टर वितरण

रामेछापको रामेछाप नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ९ वटा वडाका २५ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगरप्रमुख नर ब थापा मगरले जानकारी दिनुभयो ।

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उहाँले बताउनुभयो । कृषकलाई वितरण गरिएको ट्याक्टर ५,७ र ९ हर्जपावर क्षमताको रहेको नगरपालिकाका कृषि प्रविधिक लवश्री विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार