सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छु : अध्यक्ष यमकुमार पाख्रिन

जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीका अध्यक्ष यमकुमार पाख्रिनले अस्पतालको विकासमा सबैँसँग समन्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालमा आज पद्भार ग्रहण गर्दै उहाँले सबैको साथ र सहयोगले मात्रै अस्पताललाई विकास गर्न सकिने बताउनुभयो । सबै राजनिती दल,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,पत्रकार,समाजेवी लगायतको सुझाव र सल्लाहलाई ग्रहण गर्दै आफुले काम गर्ने उहाँले बताउनुभयो […]

जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्षमा यमकुमार पाख्रिन नियुक्त

जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्षमा यम कुमार पाख्रिन नियुक्त हुनुभएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाख्रिनले अस्पतालको समग्र विकासमा आफु लागिपर्ने बताए । ईरामेछापसँग कुरागर्दै उनले यसभन्दा अघि अस्पतालमा भएका राम्रा काहरुलाई निरन्तरता […]

रामेछापमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै

रामेछापमा केहिदिन यता कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको छ । जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन । पछिल्ला केहि हप्तादेखि रामेछापमा नयाँ संक्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा मंगलबार (आज) मात्रै ३६ जना कोरोना संक्रमित निको भएका […]

रामेछाप भ्युटावरको नगर प्रमुख थापा मगरद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरको मंगलबार (आज) उद्धघाटन भएको छ । भ्युटावरको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,रामेछाप नगरपालिकाका कर्मचारीहरु र स्थानिको उपस्थितीमा रुद्रि पुजा लगाएर उक्त भ्युटावरको उद्धघाटन गरिएको […]

रामेछापको माथिल्लो भेगमा भारी हिमपात, जनजीवन कष्टकर

रामेछाप जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएको छ । जिल्लाको उमाकुण्ड,गोकुलगंगा र दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न ठाउँमा भारी हिमपात भएको हो । बिहिबार रातिदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ । जिल्लामा वर्षा र हिमपात भएसँगै चिसो पनि ह्वात्तै बढेको छ । चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको छ । जिल्लाको चुचुरे, ठोसे,गुम्देल, […]

रामेछाप नगरपालिकाले महिलाहरुलाई मेसिनबाट दुना टपरी बनाउन सिकाउदै

रामेछापको रामेछाप नगरपालिकाले नगरका महिलाहरुलाई मेसिनको प्रयोग गरी दुना टपरी बनाउन सिकाउन थालेको छ । पछिल्लो समय लोपहुँदै गएको दुना टपरीलाई संरक्षण गर्दै जंगलमा खेर गैरहेका सालको पातलाई प्रयोग गरेर व्यवसायिक उत्पादनसँग जोड्ने योजना अनुसार दुना टपरी बनाउन सिकाउन थालिएको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । उहाँले शुक्रबार (आज) मेसिनद्धारा दुना टपरी बनाउने सीप […]

रामेछापका समाजसेवी घिमिरेद्धारा १३ सयबढी विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ वाबियाखर्कका समाजसेवी शम्भु प्रसाद घिमिरेले १३ सय ३० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्नुभएको छ । मंगलबार रामेछाप नगरपालिकाका तीन वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । लाइन्स क्लव अफ रामेछापको आयोजना तथा फेलोसिप लाएन्स क्लवको सहकार्यमा पूर्व जिल्ला गभरर्नर घिमिरेको समन्वयमा मंगलबार औपचारिक कार्यक्रमकाको आयोजना गरी […]

राष्ट्रिय जनगणनामा आधिकारीक तथ्यांक नआएपछि खाँडादेवी गाउँपालिकाद्वारा जनगणना सुरु

राष्ट्रिय जनगणनाले पालिकाको जनसंख्या घट्ने गरी जनगणनाको विवरण सार्वजनिक गरेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थालेको छ । गाउँपालिकाले ३ वर्षअघि गरेको गणनाभन्दा कम मात्र हैन, कायम रहेका बालिग मतदाताभन्दा पनि थोरै जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि खाँडादेवीले सहजकर्ता मार्फत् जनगणना थालेको हो । खाँडादेवी गाउँपालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० रहेको […]

सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

तामाङ जातिहरुको बाहुल्यता रहेको रामेछापको सुनापती गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा गाउँपालिकाभर तीनदिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । २८५८ औं सोनाम ल्होछारको अवसरमा आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका […]

रामेछापमा २ सय १७ जना कोरोनाका सकृय संक्रमित आइसोलेशनमा

रामेछापमा अहिले कारोना भाईरसबाट संक्रमित २ सय १७ जना सकृय संक्रमित रहेका छन । जिल्लाको मन्थली नगरपालिकामा ५२ जना, रामेछाप नगरपालिकामा ४६जना, उमाकुण्ड गाउँपालिकामा १६ जना, खाँडादेवी गाउँपालिकामा २३ जना, गोकुलगङ्गा गाउँपालिकामा १७ जना, लिखुतामाकोसी गाउँपालिकामा १९ जना, दोरम्बा शैैलुङ गाउँपालिकामा ५ जना र सुनापति गाउँपालिकामा १३ जना कोरोनाका सकृय संक्रमित होम आइसोलेशनमा छन । […]