२४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

२४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या २ सय ५५ रहेको छ । कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार