के युवाहरु राजनीतिक पार्टीका गोटी मात्रै हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई भंग गरेपछि मुलतः नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग आयो । प्रधानमन्त्रीले संविधान लत्याएर प्रतिनिधि सभा भंग गरेको भन्दै पाटीभित्रैबाट चर्को आलोचना भयो, भैरहेकै छ । यो विषयमा विभिन्न राजनीतिक दलहरुले आफ्नो–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । नेकपा भित्र र बाहिरका नेताहरुले पनि विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली […]

जुनार खेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । जुनार जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाका १८ वटा कृषक समुहमा हाते ट्याक्टर, फल टिप्ने भर्याङ, खाडल खन्ने मेसिन ,स्पेयर , सिकेचर , पुङगिङ, […]

नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज रामेछाप सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको छ । श्रेष्ठ यसअघि पूर्व एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहनुभएको थियो । […]

निर्वाचनमा लाग्न कार्यकर्तालाई उपप्रधानमन्त्री पोखरेको निर्देशन

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो । नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी […]

रामेछाप नगरपालिकाको अभियान सबै वडामा पुगेर सेवा प्रदान

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले फेरी अर्को उदाहरणिय कामको सुरुवात गरेको छ । स्थानिय सरकार सन्चालनमा आएदेखि नागरीकको मन जित्तै आएको नगरपालिकाले फेरी अर्को राम्रो कामको सुरुवात गरेको हो । नगरपालिकाले नगरबाट प्रवाह हुने सेवा लिएर ९ ओटै वडामा पुग्ने अभियान चलाएको छ । नगरपालिकासम्म सहजै पुग्न नसक्ने अशक्तलाई परिचय पत्र, उपभोक्ता समितिलाई योजना सम्झौताको लागि […]

लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का छुटे

सम्पत्ती सुद्धिकरण मुद्धामा पक्राउ परेका रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का धरौटीमा आइतबार थुनामुक्त भएका छन् । यसअघि जर्बजस्ती करणी उद्योगको आरोपमा कारागारमा रहेका अध्यक्ष खड्कालाई उच्च अदालत पाटनले ५ लाख धरौटी रकम मात्रै लिएर थुनामुक्त गर्न दिएको आदेशपछि शुक्रबार जिल्ला अदालत रामेछापबाट रिहा भएका अध्यक्ष खड्कालाई सोही दिन पुनः प्रहरीले पक्राउ गरि हिरासतमा लिएको […]

ओख्रेनीका २० जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा नं. ६ ओख्रेनीले आज एक कार्यक्रमको आयोजना गरी वडाका २० जना जेष्ठ नागकिरलाई सम्मान गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका १० जना महिला र १० जना पुरुष गरी २० जना जेष्ठ नागरीकलाई सम्मान […]

रामेछापमा १३ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा दुईजना र दोरम्बा गाउँपालिकामा ९ जना गरी १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २१६ पुगेको छ । यसमध्ये २ सय ३ जना […]

रामेछापमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप सात जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार दोरम्बा गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि पठाइएका ११ जना मध्ये सात जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकामा कार्यरत २३,२६ वर्षका महिला र २६ वर्षका पुरुष स्वास्थ्यकर्मी र दोरम्बा […]

ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान प्रदान गरेको जनाएको छ । यो आर्थिक वर्षमा ओखलढुङ्गाका ८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढि सिद्धिचरण नगरपालिकाले २ करोड ६० लाख ५७ हजार अनुदान पाएको छ भने सबैभन्दा कम चम्पादेवी गाउँपालिकाले ५२ लाख ७४ हजार अनुदान […]