पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गरेको छ । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । जिसस प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिसस रामेछापले जिल्ला […]

२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ […]

विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङ प्रथम

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल हुनुभयो । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा (अनेसास) केन्द्रीय महिला समितिले विश्व महिला खुल्ला […]

सतर्कता सहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जोखिम बढेको भन्दै उच्च सतर्कतासहित सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो। नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने […]

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । यस्तै, सरकारले मुलुकमा बढ्दै गएको […]

२४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल […]

रामेछापका प्रदीपले एक लाख जनालाई खाना खुवाए,भन्छन सामाजिक कार्यलाई निरन्तरता दिन्छु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ४ घर भएका समाजसेवी प्रदिप घिमिरे भन्ने वितिकै धेरैलाई याद आउँछ लकडाउनको बेलामा सडकमा अलपत्रमा परेका,काम विहिन भएर खान नपाएका गरिब, असहाय नागरीकलाई खाना खुवाउने व्यक्ति भनेर । सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ लकडाउन भएदेखि नै पीडितहरुको घाउमा मल्हम लगाउन तल्लिन छन् । […]

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरि ३ बिषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले […]