पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाउनुभएको काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो । थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, प्रम शेरबहादुर देउवालाई बालुवाटारमा […]

एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आज सांसद पदबाट राजीनामा दिनुभएको हो । आफुले आज संसद् सचिवालयमा राजीनामा बुझाएको उहाँले बताउनुभयो । एमाले भित्रको माधब नेपालसमूहमा सक्रिय हुँदै आउनुभएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई दिनुभएकोछ । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आज बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो । सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको […]

रामेछापमा पनि असारे विकासको चटारो

आर्थिक वर्षको अन्त्यमा आएर रामेछाप सहित आधिकांश स्थानमा बजेट सिध्याउने असारे विकासको चटारो यसवर्ष पनि अत्याधिक देखिएको छ । देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याई गर्ने प्रवृत्तिमा कमी आएको देखिदैन । असार सुरु भएदेखिनै गोरेटो बाटो, नाली सफाइ, खानेपानी, सिँचाइ कुलो, पोखरी, मन्दिर निर्माण र मर्मतजस्ता काम टोलैपिच्छे चलिरहेका छन् । गत […]

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ । जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या […]

रामेछाप उमाकुण्डमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष ३८ का एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक पुरुषको यहि २६ गते एन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आईसोलसनमा बस्दै आएका थिए । […]