रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आज रामेछाप सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रमा जानकारी […]

रामेछाप पुरानागाउँका १ सय ८३ जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँले आफ्नो वडाका ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई जाडो महिनामा ओड्ने कम्बल बितरण गरेको छ । पुरानागाउँ वडा कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गर्दै सम्मान गरिएकोे हो । लक्षित वर्ग सम्मान कार्यक्रम मार्फत गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष बुद्धिबहादुर मगरले जानकारी […]

रामेछाप नगरपालिकाले १५ दिन निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका ९ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले यहि माघ ११ गतेभित्र नगरपालिकाको कार्यालय वा वडाकार्यालयमा सम्पर्क गर्न नगरपालिकाले एक सुचना प्रकाशित गरी आग्रह गरेको […]

सुनकोसी–मरिण डाइभर्सन विरुद्ध रामेछापका माझी समुदायले प्रजिअलाई बुझाए ज्ञापनपत्र

सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिणक्षेत्रमा लाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले १३ बुँदे मागसहित रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासमक्ष ज्ञापनपत्र बुझाएका छन् । परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा समितिमा माझी समुदायको प्रतिनिधित्व, उचित मुआब्जा तथा क्षतिपूर्ति हुनुपर्ने र यसको लागि आफूले पहल गर्ने वाग्मती प्रदेश सांसद् रिता माझीले […]

देशका १३ स्थानीय तहले बजेट पास नगरी खर्च गरे

चालु आर्थिक वर्षको ६ महिना सकिँदा पनि १३ वटा स्थानीय तहले बजेट पास नगरी खर्च गरिरहेको पाइएको छ । स्थानीयले तहले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको १० असारसम्म बजेट पास गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि १३ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेका हुन् । […]

नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीले आफुहरु एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल […]

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना […]

रामेछाप नगरपालिकामा मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण 

रामेछाप नगरपालिकाले नगरभरीका सामुदायिक मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरको लागी आवश्यक कानुनी सल्लाह , विवाद समाधान गर्दाका अनुभव ,समस्या र भोगाई लगायतका बारेमा अभिमूखिकरण कार्यक्रममा छलफल गरिएको छ । न्यायिक समितीका संयोजक एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण कार्यक्रममा सामु्दायिक मेलमिलाप केन्द्र रामेछापका जिल्ला […]

चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ । स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, […]

नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । […]