सुपथ मुल्यमा सामान पाएपछी उपभोक्ता खुसी

सुपथ मुल्यमा सामान पाएपछी उपभोक्ता खुसी

दशैँ तिहार र छठ पर्वलाइ लक्षित गर्दै सरकारले देशभरका बिभिन्न ७८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बजारको तुलनामा सस्तोमा सामान पाइने भएपछि शहर बजारका नागरिक उत्साहित भएका छन् ।

तर यस्ता पसल गाउँ गाउँ सम्म सञ्चालन गर्नुपर्ने आम उपभोक्ताको भनाइ छ । सरकारले चलाएको सस्तो पसलमा चामल, दाल, घिउ, आँँटा, चीनि, जिरा, लगायत खाद्य सामग्री पाइन्छ ।

जसमध्ये दाल, चामल, चिउरा, आँटामा बजार मूल्य भन्दा प्रतिकिलो ५ रुपैयाँ सस्तो पाइन्छ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिईएको छ । अन्य खाद्यान्नमा पनि छुट पाइने भएपछि यस्ता पसलमा नागरिकको भिड लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाको ४३ स्थान, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकाका ११ स्थान र उपत्यका बाहिरका २४ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिरहेको छ । तर, यस्ता पसल शहर बजार केन्द्रीत छ, त्यो पनि पर्याप्त नभएको नागरिक गूनासो गर्छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत मोहन प्रकाश चन्द भने चाडबाडको समयमा नागरिकलाइ सजिलो हुने गरिसञ्चालनमा ल्याएको यस्ता पसलको सङ्ख्या आगामी दिनमा थप्दै जाने बताउनुहुन्छ ।

सुपथ मूल्य पसलबाट उपभोक्तालाई फाइदा पुग्ने भएकाले प्रत्येक जिल्लाका गाउँमा सुपथ मुल्य पसल सञ्चालन गर्नुपर्ने माग उपभोक्ता तहबाट उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार