रामेछाप गोठगाउँमा पहिरोले ३ घरमा क्षति ७ घर उच्च जोखिममा

रामेछाप गोठगाउँमा पहिरोले ३ घरमा क्षति ७ घर उच्च जोखिममा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले क्षति पुर्याएको छ । गोठगाउको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानीले जमिन गलेर पहिरो जाँदा ३ घर पुर्ण रुपमा क्षति भएको वडाअध्यक्ष नर ब थापाले जानकारी दिनुभयो ।

प्रदेश सरकारले निर्माण गरेको सडकको नाला नखनी सडक निर्माण गर्दा आज यो अवस्था आएको वडाअध्यक्ष थापाले बताउनुभयो । पहिरोले स्थानिय ददिराम सापकोटा र भिम प्रसाद सापकोटाको ३ घर बस्नै नमिल्ने गरि क्षति पुर्याएको छ ।

बाहुन टोलका विष्णु प्रसाद सापकोटा,ईश्वरी प्रसाद सापकोटा,कृष्ण प्रसाद सापकोटा,बसन्त सापकोटा,वद्री सापकोटा लगायतको ७ घर पहिरोको उच्च जोखिममा रहेको वडाअध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार