काँग्रेसको १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद कायमै, महाधिवेशन कार्यतालिका प्रभावित हुने

काँग्रेसको १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद कायमै, महाधिवेशन कार्यतालिका प्रभावित हुने

क्रियाशिल सदस्यता वितरण सम्बन्धी विवाद पूर्ण रुपमा समाधान नहुँदा नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिकामा नै प्रभावित हुने देखिएको छ । शिर्ष नेताहरुले मिति सार्न कसरत गरिरहेको भन्दै नेता शेखर कोइराला, गगन थापा लगायतले खबरदारी गरिरहेका छन् । तर, हिजो बिहान सिंहदरवारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते नै गर्ने निर्णय दोहो¥याएको छ ।

नेता आनन्दप्रसाद ढुङ्गानाले पार्र्टी महाधिवेशन सार्नु पर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले नगर र अरु कार्यक्रम दशैंपछि गर्दा महाधिवेशन मिति ढिलोमा १०÷१५ दिन सर्न सक्ने भएपनि लामो समय पर नसर्ने स्पष्ट पार्नुभयो । क्रियाशिल विवाद समाधान हुने वित्तिकै महाधिवेशन रोक्नुपर्ने केही कारण नभएको उहाँको भनाइ छ । प्रदेश २ को ८ जिल्लासहित १३ जिल्लामा क्रियाशिल सदस्यतामा विवाद हुँदा वडा अधिवेशन नै हुन सकेको छैन ।

यसैबीचनेपाली काँग्रेसले काठमाडौंमा गाउँ तथा नगरपालिकाहरूको अधिवेशन आज नगर्ने भएको छ हिजो बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले आज ६४ जिल्लामा गाउँ तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति काठमाडौंले तयारी नपुगेको भन्दै यहि १६ गतेका लागि अधिवेशनको मिति तोकेको छ ।

काँग्रेसले २१ वटा हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।यस्तै ५६ जिल्लामा दसैँपछि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।काठमाडौंमा पनि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन दसैँपछि हुने हुँदा पालिका अधिवेशन निर्धारित मितिभन्दा एक साता पर सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार