रामेछापमा चोरी डकैती गर्ने चार जना पक्राउ

रामेछापमा चोरी डकैती गर्ने चार जना पक्राउ

भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेहरुमा गोकुलगंगा गाउँपालीका ६ बस्ने क्रमश ठुला भन्ने ३३ बर्षिय मिलन तामङ्ग,बर्ष २६ को राहुल भन्ने लाल बहादुर तामाङ्ग,जंगे भन्ने ३४ वर्षिय आकास तामाङ्ग,र वर्ष १८ को आषिश भन्ने भूमिराज तामाङ्ग रहेका छन् ।

उनिहरुलाई भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । गएको भदौ ३१ गते टाउँको र मुखमा रुपमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं। ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका थिए ।उनीहरुमध्य दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरि नायब उपरिक्षक नवराज ढुँगानाले जानकारी गराउनु भयो ।

चोरहरुको साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान र अभियुक्तहरुले प्रयोग गरेर चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ । पिडितले दिएको जाहेरी अनुसार चोरहरुले १ तोलो बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको भोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोते, सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ अनाको माडवारी २ थान आधा तोलाको तिहरी, ६ तोलो चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको थियो ।

प्रारम्भीक अनुसान्धानमा अभियुक्तहरुले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनिहरु चारै जनालाई जिल्ला अदालतबाट शुक्रबारनै ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि जनाएको छ । प्र हरिले जनाएको छ । समुहमा रहेका उनिहरु अन्य घटनामा पनि संलग्न भएको हुन सक्ने अनुमान पनि प्रहरिले गरेको छ । घटनाका अनुसन्धान अधिकृत र अन्य अधिकृत हरु सहित पत्रकार सम्मेलनमा उपस्थिति भएका प्रहरि प्रमुख प्रहरि नायब उपरिक्षक नवराज ढुँगानाले सबै विवरणको जानकारी आफैले गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार