कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको अनुरोध

कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको अनुरोध

नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ । एक साताअघि ३२ जिल्लामा सक्रिय सङ्क्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय सङ्क्रमित छन् ।

देशभरका ४७ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ । सङ्क्रमणदर घट्यो भनेर लापरबाहरी नगर्न सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले  सबैलाई आग्रह गर्नुभयो ।

गतवर्षझैँ यो वर्ष पनि भदौ अन्तिम हुँदै असोज लाग्दै गर्दा कोरोना सङ्क्रमणको दरमा कमी आएको थियो । यो वर्ष पनि उस्तै अवस्था देखिएकाले चिकित्सकहरूले सावधानी अपनाउन भनेका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या साढे ७ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार ९ सय ५७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५२ हजार १ सय७० पुगेको छ । गत २४ घन्टामा देशभर ८ जनाको मृत्यु हुुँदा १ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार