नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले बीमा दावि बापत ५ लाख ९७ हजार ५ सय रुपियाँ भुक्तानी गरेको छ । कम्पनीले धनुषाको सबैला नगरपालिका वडा नं २ घर भएका हाल रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा व्यवसाय गर्दै आएका मृतक भरत पूर्वेको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । मृतक भरत पूर्वेको […]

आज रामेछाप सहित देशभर मौसम बदली रहने, धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा […]

कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन

हाल दैनिक सरदर २ हजारका दरले कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । कोरोना फैलावटको चेन तोड्न कन्ट्रयाक ट्रेसिङ अर्थात सङ्क्रमितको पहिचान महत्वपूर्ण छ । तर सङ्क्रमितले गलत विवरण दिँदा सहि पहिचान नहुने र समुदायमा फैलने क्रम रोकिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना सङ्क्रमितहरुको विवरण सही पठाउन प्रयोगशालाहरुलाई बारम्बार अनुरोध गर्दै आएको […]

देशका धेरै ठाउँमा यस वर्ष असार अन्तिमसम्म नै झरी नै झरी

देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी […]

रामेछापमा थपिए २६ जना कोरोना सङ्क्रमित

रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् । बजार क्षेत्रमा केही दिनयता चहलपहल बढेको छ । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछाप जिल्लामा शुक्रबार २६ जना कोरोना सङ्क्रमित […]

रामेछाप जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, […]

रामेछाप लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ […]

बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु

बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, चार जना बालक र तीन जना बालिका रहेका […]

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमानमहाशाखाकामौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २÷३ दिन देशभरमनसुन सक्रियहुने देखिएको हो । हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्मअलि बढी वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा केहीकमहुने देखिएको छ। आजपनिप्रदेश १, २, बागमती र लुम्बिनी […]

रामेछापमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेका नौ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ को खिम्ती खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्दै गरेका उनिहरुलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई माछा मार्न […]