रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने भएका छन् । रामेछाप नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नदिन विद्यालयहरुलाई अनुरोध गरेको हो ।

नगरपालिकाले घटस्थापना अर्थात् असोज २१ गतेबाट नभई फुलपाती अर्थात् असोज २६ गतेदेखि दशैँको टिकाको भोलीपल्टबाटै विद्यालय सञ्चालनको व्यवस्था मिलाउन भनेको छ ।

नगरपालिकाको सूचना अनुसार अब असोज २६ देखि २९ सम्म मात्रै विद्यालयले बिदा दिनेछन् । ३० गते शनिबार भएकाले बिदा नै हुने र ३१ गते आइतबारबाट नियमित पठनपाठन सूचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार