दशैँ नजिकिएसँगै मन्थलीमा भिडभाड, फेरी तपाईको मास्क खै ? अभियान सुरु

दशैँ नजिकिएसँगै मन्थलीमा भिडभाड, फेरी तपाईको मास्क खै ? अभियान सुरु

यस वर्षको वडा दशैँ नजिकिएसँगै रामेछाप सदरमुकाम मन्थलीमा भिडभाड बढेको छ । केहि मानिसहरु मास्क नलगाई पनि हिडेका छन ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरी रामेछाप प्रशासन र प्रहरीले “तपाईको मास्क खै ” अभियान सुरु गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगाना आफै मन्थली बजारको सडकमा निस्किएर मास्क नलगाएकाहरुलाई मास्क वितरण गर्नुभयो ।

उहाँहरुले मास्क नलगाएकाहरुलाई मास्क वितरण गर्दै मास्क लगाउन आग्रह समेत गर्नुभयो । ६६ औ प्रहरी दिवशको अबसरमा “तपाईको मास्क खै” अभियान सन्चालन गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार