आज घटस्थापना, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

आज घटस्थापना, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै छ । पहिलो दिन आज समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सुर्य प्रसाद ढुंगेलले जानकारी दिनुभयो । दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।

आजकै दिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ हुने गर्दछ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार