सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशकी प्रदेशसभा सदस्य रिता माझीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले कुनै पनि हालतमा सुनकोसी–२ आयोजना निर्माणको काम अघि नबढाउन माग गरेको छ ।

माझी समुदायले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आयोजना निर्माण हुँदा माझी समुदायलाई पर्ने प्रभावका बारेमा आफूले बुझेर सम्बोधन गर्न सकिने जति सबै माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

माझी समुदायले जलाशयुक्त सुनकोसी दोस्रो आयोजना निर्माण हुँदा आदिवासी माझी र अन्य स्थानीय समुदायको पुख्र्यौली भूमि, भाषा, धर्म, संस्कार, रितिरिवाज, ऐतिहासिक थातथलो र पुरातात्विक महत्वका स्थलको पहिचान गुम्ने गुनासो प्रधानमन्त्रीलाई पनि सुनाएका छन् ।

माझी समुदायले सुनकोसी–२ जलविद्युत आयोजना निर्माण भए भौतिक, साँस्कृतिक, आर्थिक र सामाजिकरुपमा नै आफ्नो समुदाय विस्थापित हुने तथा भूमिहिन र पहिचानविहिन बन्ने खतरा रहेको बताएका छन् ।

सिन्धुली र रामेछापको सीमा भएर बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९७८ मेघावाट क्षमताको हाइड्रोपावर बनाउन योजना अघि बढाईएको छ । तर, संघर्षमा उत्रिएको माझी समुदायले उर्जा मन्त्री पम्फा भुसाललाई पनि भेटेर आयोजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार