गठबन्धनबीच सहमति,कसले कुन कुन मन्त्रालय पाए

गठबन्धनबीच सहमति,कसले कुन कुन मन्त्रालय पाए

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ । हिजो बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाडफाँडको विषयमा सहमति गरेका हुन् ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।

अब सहमति अनुसार मन्त्रीको नाम आएपछि भोली सम्ममा मन्त्रिपरिषद् विस्तार हुने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ । एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने पक्का भएको नेता मेटमणी चौधरीले बताउनुभयो । जनता समाजवादी पार्टी नेपाल जसपाले भने चारवटा मन्त्रालय पाएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको नेता प्रदिप यादवले  जानकारी दिनुभयो । माओवादी केन्द्रले पनि आज बैठक बसेर मन्त्री छान्ने जनाएको छ ।

नेता देबेन्द्र पौडेलले आजको बैठकले मन्त्रीको नाम टुङ्ग्याउने बताउनुभयो । काँग्रेसमा पनि मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाइ दिइएको छ । माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । सरकार बिस्तार भएको झण्डै तिन महिनामा मन्त्रीपरिषदले पूर्णता पाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार