आज ६६ औँ प्रहरी दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाईयो

आज ६६ औँ प्रहरी दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाईयो

आज ६६ औँ प्रहरी दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएकोे छ । रामेछाप प्रहरीले आज विहान जिल्ला प्रहरी कार्यालय परिसरमा मृत्यु भएका अमर प्रहरीहरु प्रति श्रद्वाञ्जली अर्पण गरेको छ ।

प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान पनि गरेको जानकारी दिएको छ । केहि दिनदेखी रामेछाप प्रहरीले दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियान नै सन्चालन गरी वृक्षरोपण गरेको थियो । रक्तदान, तपाईको मास्क खै अभियान, विभिन्न खेलकुदका प्रतियोगिताहरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार