बडादशैँको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने

बडादशैँको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने

बडा दशैँ तथा दिपावलीको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । यहि असोज २३ गतेदेखी २५ गतेसम्म प्रतियोगीता आयोजना गर्न लागिएको आयाजकले जानकारी दिएको छ ।

३ दिनसम्म सन्चालन हुने प्रतियोगीताको आयोजना लिखु मुनाल युवा क्लवले गरेको हो । खुल्ला न.पा. तथा गा.पा. वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता अरुणोदय मा.वि. लिखु तामाकोशी–२ फेदीको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगीतामा प्रथम हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्राणपत्र प्राप्त गर्नेछ । द्वितिय हुनेले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद नगद १५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सान्त्वना हुनेले नगद ५ हजार पुरस्कार पाउने र उत्कृष्ट विधाहरुतर्फ वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट सेटर वेष्ट डिफेन्डरले जनही ३ हजार नगद पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार